आपसी विवादमा कुटपीटबाट एक युवाको मृत्यु


न्युज अफ नेपाल, दाङ ।

दाङमा कुटपीटबाट एक जनाको ज्यान गएको छ । आपसी विवाद हुदाँ कुटपीटबाट एक युवाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

सोमवार दिउसो करिब १ बजेतिर दाङको घोराही उपमहानगरपालिका–१५ शुष्मारोड बस्ने ३२ वर्षका ईन्द्रबहादुर रावत लाई घोराही–५ बसन्तापुर निवासी १९ वर्षका राजकुमार केसीले बासको चिरपटले हान्दा केसीको मृत्यु भएको प्रहरीले जानकारी दिएको हो ।

मादक पदार्थ सेवन गरी दुुई जनाबीच विवाद भएको र एक आकआपसमा विवाद हुदाँ केसीले रावतलाई टाउकोमा हानेको र रावतको घटना स्थलमै मृत्यु भएको हो ।

शव पोष्टमाटमकालागी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पठाइएको छ ।

कुटपीट गर्ने केसीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको छ ।