दशैं मनाउन अर्घाखाँची आएको जीप दुर्घटना ३ को मृत्यु ६ घाइते


न्युज अफ नेपाल, अर्घाखाँची ।

अर्घाखाँचीमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । जिल्लाको सन्धिखर्क नगरपालिका–६ नरपानी रातामाटामा लु १ ज ४३२९ नम्बरको जीप दुर्घटना भएको हो ।

कपिलबस्तुको कृष्णनगरबाट सन्धिखर्क तर्फ आउँदै गरेको जीप दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु हुनेहरुमा पुरानो घर भुमिका स्थान नगरपालिका हाल लमही उपमहानगरपालिका–२ लमही निवासी ५० वर्षीय घनश्याल खनाल, उनकी श्रीमती र एक जनाको सनाखत हुन सकेको छैन् ।

दुर्घटनामा परेर चालक सहित ६ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनालाई थप उपचारको लागि बुटवल पठाइएको जिल्ला ट्राफिक कार्यालय अर्घाखाँचीले जनाएको छ ।

जिप करिब ३०० मिटर सड्कबाट तल खसेको थियो। घाइते १ जना बच्चा र उनकी आमाको जिल्ला अस्पताल सन्धीखर्कमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

चालकका अनुसार ओरालोमा ब्रेक फेल भएर गाडि दुर्घटना भएको छ । घटना भएलगत्तै जिल्ला प्रहरी कार्यालय, ईलाका प्रहरी कार्यालय र प्रहरी चौकी नरपानी र स्थानीयको टोलीले उद्वार गरेका थिए ।