जीप दुर्घटना हुँदा अर्घाखाँचीमा तीनको ज्यान गयो


न्युज अफ नेपाल, अर्घाखाँची ।

जीप दुर्घटना हुँदा अर्घाखाँचीमा सोमबार तीनको जनाको ज्यान गएको छ। गोरुसिंगेबाट अर्घाखाँचीको सन्धिखर्क जाँदै गरेको जीप दुर्घटनामा परेको हो ।

दुर्घटनामा ज्यान जानेको सनाखत हुन सकेको छैन । उनीहरूको घटनास्थलमै ज्यान गएको हो । दुर्घटनामा परी अन्य पाँचजना गम्भीर घाइते भएका छन् । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क पठाइएको प्रहरीले जनाएको छ ।

लु१ज ४३२९ नम्बरको जीप दिउँसो करिब सवा १ बजे अर्घाखाँचीको नरपानी रातामाटामा दुर्घटनामा परेको हो । जीप सडकबाट झण्डै एक किलोमिटर तल खसेको हो ।