बढी भाडा असुल्ने ६ सवारी नियन्त्रणमा


न्युज अफ नेपाल, पोखरा ।

पोखरामा बढी भाडा लिने ६ वटा सवारी साधनलाइ कास्की प्रहरीले नियन्त्रणमा लिएको छ ।

मनोमानी रुपमा बढी भाडा लिई बार्गेनिङ गरी बढी भाडा असुल गरेको ६ बटा सवारी साधन र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता राज कुमार केसीले बताउनुभयो ।

नेपालीहरुको महान चार्ड बडादशै मनाउन विभिन्न जिल्लामा जाने यात्रुहरु ठगिन नपाउने गरी जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराबाट बाहिरिने मुख्य सडकहरुमा तथा बढ्दो सवारी चाप हुने स्थानमा यात्रुहरुको सहजताको लागि यात्रु सहायता कक्षको स्थापना गरी सेवा प्रदान गरिरहेको जानकारी केसीले दिनुभयो ।

यसै क्रममा बिच बाटोमा कुनै पनि यात्रुलाई अप्ठ्यारोमा पारी मनोमानी रुपमा बढी भाडामा लिई बार्गेनिङ गर्ने प्रवृतिको नियन्त्रणको लागि सडक चेकीङ तथा सादा पोशाकमा समेत प्रहरी परिचालन गरी चेकिङ तथा अनुगमनलाई तिव्रता दिएको उहाँले बताउनुभयो ।

मनोमानी रुपमा बार्गेनिङ गर्ने र बढी भाडा असुल गरेको कुनै पनि सवारी साधनमा भेटिएमा कानुन बमोजिम कार्बाही गर्ने उनले बताए । कुनै पनि सवारीले वार्गेनिङ गरी जवरजस्ती गरेमा प्रहरी कण्ट्रोल रुम १००, ९८५६०३९५९९, कार्यालय प्रमुख ९८५६००५५५५, प्रबक्ताको ९८५६०३५५१२ र ट्राफिक प्रहरी कण्ट्रोल रुमको नं १०३ मा सम्पर्क गरे तत्कालै कार्वाही गरिने केसीले बताउनुभयो ।