करेन्ट लागेर आमाछोराको मृत्यु


न्युज अफ नेपाल, हेटौंडा ।

पोलबाट छिनेर झरेको बिजुलीको नांगो तारले छुँदा खेतमा घाँस काट्न गएका आमाछोराको मृत्यु भएको छ ।

हेटौंडा मुख्य बजारबाट करिब ४ किमी पर हेटौंडा–१७, राजदेवीस्थित पोलको नांगो तार छिनेर करेन्ट लाग्दा दुई जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घाँस काट्न आइतबार दिउँसो करिब साँढे ११ बजे गएकी करिब ५५ वर्षकी लेखमाया पराजुलीलाई करेन्ट लागेको थियो । आमालाई बचाउन गएका २८ वर्षीय छोरा मदन र २६ वर्षीया बुहारी रेनुका गम्भीर घाइते भएका थिए ।

घाइते सबैलाई उपचारका लागि हेटौंडा–११ स्थित चुरेहिल अस्पताल पु¥याइएको थियो । उपचारका क्रममा करिब १२ बजे आमाछोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते बुहारीको अवस्था मध्यम रहेको जनाइएको छ । उक्त स्थानमा सुरक्षाका लागि प्रहरी सहायक निरीक्षकको कमाण्डमा ६ प्रहरी खटाइएको छ ।