राष्ट्रपतिद्वारा शक्तिपीठहरूमा पूजा अर्चना 


न्युज अफ नेपाल, काठमाडौँ । 

महाअष्टमीको शुभ दिन आज राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा अवस्थित शक्तिपीठ र देवी मन्दिरहरूमा पूजा अर्चना गर्नुभयो ।

राष्ट्रपति भण्डारीले गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, नरदेवी, सङ्कटा भगवतीको श्रद्धाभक्तिपूर्वक पूजाआराधना गर्नुभयो । उहाँले सम्बन्धित मन्दिरका पुजारीबाट फूलप्रसाद एवं टीका ग्रहण गर्नुभयो ।

महाअष्टमीका दिन शक्तिका प्रतीक महाकाली, महालक्ष्मी, महासरस्वती र देवीभगवतीको पूजाआराधना गर्नाले सुख, शान्ति र आरोग्य मिल्ने धार्मिक विश्वास छ ।

sf7df8f}+, !( c;f]h -/f;;_ M /fi6«klt ljBfb]jL e08f/L dxfci6dLsf] cj;/df cfOtaf/ gS;fnl:yt eujtLsf] k”hf ug'{x’b}{ . t:jL/ Mk|bLk/fh jGt