जिल्ला अदालत काठमाडौँले दियाे पूर्वसभामुखलाई पक्राउको अनुमति 


न्युज अफ नेपाल, काठमाडौँ ।

जिल्ला अदालत काठमाडौँले यौन दुव्र्यवहारको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महरालाई पक्राउको अनुमति दिएको छ ।

संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीलाई यौन दुव्र्यवहार गरेको आरोपमा जाहेरी परेपछि अदालतले पक्राउका लागि प्रहरीलाई अनुमति दिएको जिल्ला अदालत काठमाडौँका स्रेष्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । जिल्ला न्यायाधीश ब्रजेश प्याकुरेलले निजलाई पक्राउको अनुमति दिनुभएको हो ।