नेपाली सेनाका दुई सहायक रथीको उपरथीको दर्ज्यानी चिन्ह प्रदान


न्युज अफ नेपाल, काठमाडौँ ।

नेपाली सेनाका दुई सहायक रथीको उपरथीको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।

सहायक रथी अशोकराज सिग्देल र सहायक रथी गोकुल भण्डारीलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान गरिएको हो।

सिग्देल र भण्डारीलाई शनिबार सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोहपछि आयोजित कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो ।

उपरथी दर्जामा पदोन्नति भएका उपरथी सिग्देललाई निरिक्षणाधिकृतको कार्यालयको निरिक्षणाधिकृत र उपरथी भण्डारीलाई पश्चिम पृतनापतिको जिम्मेवारी दिइएको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई उपरथीमा बढुवा गरेको थियो।