काठमाडौँबाट सुर्खेत जादैं गरेको बस दाङ र बाँके जिल्लाको सीमानामा दुर्घटना


न्युज अफ नेपाल, दाङ ।

काठमाडौँबाट सुर्खेतको लागि छुटेको ना ७ ख ६८४१ नम्बरको  बस दाङ र बाँके जिल्लाको सीमानामा रहेको शिव खोलामा दुर्घटनामा परेको छ ।

दुर्घटना स्थलमा अहिले प्रहरी र नेपाली सेनाको टोली पुगेर घाइतेहरुको उद्धार गरिरहेका छन् ।

बसमा सवार यात्रुहरुलाई सामान्य चोटपटक लागेको र उनीहरुलाई उपचारको लागि कोहलपुर र ८–९ जनालाई अली धेरै चोट लागेकोले नेपालगञ्ज पठाइएको प्रहरीले बताएको छ ।