बोलेरो जीप दुर्घटनामा एकको मृत्यु


न्युज अफ नेपाल, सोलुखुम्बु ।

बोलेरो जीप दुर्घटना हुँदा सोलुदुधकुण्ड नगरपालिका–११ तिङलामा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा मृत्यु हुनेमा नेचासल्यान गाउँपालिका–२ का २१ वर्षीय बा १५ च ९६२० नम्बरको बोलेरो जीपका चालक लेखबहादुर खड्का रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा १० जना घाइते भएका छन् ।

शनिबार राति झण्डै ११ बजे तिङला बरडाँडाको गुप्तेश्वर महादेव क्षेत्रमा काठमाण्डौबाट नेचातर्फ जाँदै गरेको बा १ ज ५३४२ नम्बरको जीपमाथि सोलुखुम्बुको सल्लेरीबाट नेचा जाँदै गरेको बा १५ च ९६२० नम्बरको बोलेरो जीप खसेको हो ।

माथिल्लो मोडमा रहेको बोलेरो जीप अनियन्त्रित भइ तल्लो मोडमा रहेको जीपमाथि खसेको प्रहरीले जानकारी दिएको हो ।

घाइतहरुको राति नै उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल लगिएको प्रहरीले बताएको छ ।