ललितपुरबाट समातिएका ११ जुवाडे छुटे


न्युज अफ नेपाल, ललितपुर ।

शुक्रबार ललितपुरबाट समातिएका ११ जना जुवाडे शनिबार साधारण तारेखमा छोडिएका छन् । दिनहुँ हाजिर हुने शर्तमा उनीहरुलाई छोडिएको महानगरिय प्रहरीले बताएको छ ।

शुक्रबार जिल्ला प्रशासन कार्यालय ललितपुरले ११ जना जुवाडेलाई ७ दिनको म्याप थपि गरी आवश्यक अनुसन्धान गर्न आदेश दिएको थियो । तर मुद्धाको अन्तिम किनारा नलाग्दै राजनीतिक दलका नेताको दबाब खेप्न नसकी जुवाडेलाई छोडिएको स्रोतले बताएकाे छ ।

ललितपुर–४ झम्सीखेलस्थित पाहुना ब्रेड एण्ड ब्रेकफास्ट रेष्टुरेण्टमा जुवातास खेलिरहेको अवस्थामा ११ जना जुवाडेहरुलाई नगद २ लाख ६५ हजार रुपैयाँ र ९ बुक तास सहित प्रहरीले पक्राउ गरेको थियो ।

विष्णुप्रसाद तिमल्सिना, कुमार तामाङ, मिनराज पहरी, भिक्टोर केसी, लबराज लिम्बु, अच्युत महर्जन, विजय सिलावाल, विनोद राज गिरी, कृति जोशी र कुमार सिलवाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।