बसले ठक्कर दिँदा एक बालिकाको मृत्यु


न्युज अफ नेपाल, सिन्धुपाल्चोक ।

सिन्धुपाल्चोकको सदरमुकाम चौतारा बजारमा आज अपराह्न यात्रुबसले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ ।

काठमाडौँबाट नवलपुरतर्फ जाँदै गरेको बा२ख ६५८५ नंको यात्रुवाहक बसले ठक्कर दिँदा चौतारा साँगाचोकगढी नगरपालिका–५ का हेमबहादुर घलेको तीन वर्षीया छोरी प्रेरणा घलेको मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ । ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।