सेल्फी खिच्ने क्रममा एक महिला बेपत्ता


न्युज अफ नेपाल, धनकुटा ।

तमोर नदीमा सेल्फी खिच्ने क्रममा एक महिला बेपत्ता भएकी छिन ।

तमोर नदीमा सेल्फी खिच्ने क्रममा चिप्लिएर लडेकी २४ वर्षीया सृजना कटुवाल बेपत्ता भएको प्रहरीले जनाएको छ ।

बेपत्ता कटुवाल धनकुटा नगरपालिका–७ कि उनी परिवारसँगै धनकुटाको मुख्य बजारमा बस्दै आएकी थिइन् ।

स्थानीय बासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको सहयोगमा उनको खोजी भइरहेको छ ।