७ लाख ६० हजार भारतीय रुपैयाँसहित एक पक्राउ


न्युज अफ नेपाल, कपिलवस्तु ।

कपिलवस्तु जिल्लाको कृष्णनगर चोकबाट सशस्त्र प्रहरी बल, एपीएफ टोलीले एक जनालाई पक्राउ गरेको छ ।
दाङ जिल्लाको तुल्सीपुर उपमहानगरपालिका–८ का ७७ वर्षीय कृष्णबहादुर वली पक्राउ परेका हुन् ।

उनकाे साथबाट सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३९ गुल्म हेक्वा कपिलवस्तुबाट खटिएको एपीएफ टोलीले करीव ७ लाख ६० हजार भारतीय रुपैयाँ पक्राउ गरेको हो ।

दाङको तुल्सीपुरबाट कृष्णनगरतर्फ आउँदै गरेको भे १ ख २२९८ नम्बरको यात्रुवाहक बसमा सवार वलीलाई एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त रकम फेला पारेको सशस्त्र प्रहरी बलले बताएको छ ।