करेन्ट लागेर देवीको मृत्यु


न्युज अफ नेपाल, महोत्तरी

मनरा शिश्वा नगरपालिका–१ मनरा बस्ने ६२ वर्षीया इन्दु देवीको शुक्रबार दिउँसो करेन्ट लागेर मृत्यु भएको छ ।

सोही नगरपालिका–४ साढा टोलमा आफ्नै नयाँ घर बनाउनको लागि कलमा जडान गरिएको मोटरबाट करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।