आफ्नै भाइ हत्या गरेको अभियोगमा दाजु पक्राउ


न्युज अफ नेपाल, भक्तपुर ।

भाइको हत्या गरेको अभियोगमा शुक्रबार राति दाजु पक्राउ परेका छन् ।

भाइ ४० वर्षीय नेत्र बहादुर अछामीलाई भर्‍याङबाट धकेलेर हत्या गरेको अभियोगमा चाँगुनारायण नगरपालिका–२ दुवाकोट तल्लो हाइट बस्ने गोरखा पालुङ्टार नगरपालिका–२ घर भएका खिला अछामीलाई प्रहरीले पक्राउ गरेको हो ।

खिलाले भर्‍याङबाट धकेल्दा लडेर गम्भीर घाइते भएका नेत्रको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै खिलाका २२ वर्षीय छोरा वेसन अछामी समेतलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताएकाे छ ।