दसैंमा मौसमी गतिविधि कस्तो होला ?


न्युज अफ नेपाल, काठमाडौँ ।

अबको एक हप्ता मनसुनको प्रभाव सामान्य रहने भएको छ । शनिबार दसैंलाई लक्षित गरी विज्ञप्ति जारी गर्दै महाशाखाले दसैंमा मौसमी गतिविधिले खासै प्रभाव नपार्ने जनाएको छ।

मनसुन अझै नसकिएको भए पनि त्यो कमजोर अवस्थामा रहेकाले दसैंमा मौसमी गतिविधिले खासै प्रभाव नर्पाने महाशाखाले बताएको हो।

विशेषगरी पूर्वी र मध्य भू–भागहरुमा आंशिकदेखि सामान्यसम्म बदली रही थोरै स्थानहरुमा हल्का र क्षणिक वर्षाको सम्भावना छ।

यस्तै पश्चिमी पहाडी भूभागमा आंशिक बदली रही केहि स्थानमा हल्का र क्षणिक वर्षाको सम्भावना छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाइएको छ।