छोराले गरे आफ्नै बाबुको हत्या


न्युज अफ नेपाल, काभ्रेपलाञ्चोक ।

छोराले आफ्नै बाबुको हत्या गरेका छन् ।

नमोबुद्ध नगरपालिका–२ का १८ वर्षीय वियज तामाङले आफ्नै बाबु ४२ वर्षका बाबु टेकबहादुरको हत्या गरेका हुन् ।

तामाङले शुक्रबार राति ११ बजे घरायसी विवादपछि पिकले टाउकोमा प्रहार गरी गम्भीर घाइते टेकबहादुरको उपचारका क्रममा आज बिहान धुलिखेल अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको हो ।

प्रहरीका अनुसार घटनापछि भाग्ने क्रममा वियजलाई शुक्रबार रातिनै पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ ।