एक महिलाको शव फेला


न्युज अफ नेपाल, बर्दिबास ।

महोत्तरी गौशाला नगरपालिका–१० स्थित थापाटोलकी एक महिलाको हत्या भएको छ।

२२ वर्षीया शर्मिला सिंह दनुवारको हत्या गरी मडाहा खोलानजिक नथु आलेको खेतमा फालिएको अवस्थामा फेला परेको प्रहरीले बताएको छ।

उनले लगाएको कपडा च्यातेर मुख र घाँटी कसिदिएको र हात बाँधेको अवस्थामा शव भेटिएको छ । निर्वस्त्र शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

घटनास्थल प्रकृति हेर्दा उनलाई अन्तै यातना दिएर त्यहाँ ल्याई फालेको प्रहरीको अनुमान छ। बाँधेका शरीरका भाग फुत्काउन छटपटिँदा खुट्टानजिक जमिन माडिएको छ।

घटनामा संलग्न आरोपमा अहिलेसम्म कसैलाई पक्राउ गरिएको छैन । पोस्टमार्टमपछि प्राप्त रिपोर्ट, घटनास्थल मुचुल्का र प्राप्त प्रमाण तथा संकेत संकलन गर्ने काम भइरहेको प्रहरीले बताएको छ।