ललितपुर महानगरपालिकाका प्रमुख शुक्रवार क्यानडा प्रस्थान


न्युज अफ नेपाल,ललितपुर ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन ‘इकोसिटी वल्र्ड समिट २०१९’मा सहभागी हुन शुक्रवार क्यानडा जानुभएकोे छ ।

व्रिटिस कोलम्बिया इन्स्टिच्यूट अफ टेक्नोलोजी एण्ड इकोसिटी विल्र्डसको निमन्त्रणमा नगरप्रमुख क्यानडा जानु भएको हो । अक्टोबर ७ देखि ११ सम्म हुने उक्त समिटमा सहभागी हुनुहुने छ । विश्वका विभिन्न राष्ट्रका एक हजार सरोकारवालाहरुको सहभागिता रहने उक्त सम्मेलनमा नगरप्रमुख महर्जनले इकोलोजी जोगाउन महानगरले गरेको प्रयासका बारे कार्य प्रस्तुत गर्नु हुनेछ ।

नगरप्रमुख महर्जनको क्यानडा आवत जावतको सम्पूर्ण खर्च आयोजक संस्थाले नै बेहोर्ने बताईएको छ । ‘भिआइपी स्पिकर’को रुपमा सम्मेलनमा सहभागी हुन जान लाग्नु भएका उहाँले इकोलोजी जोगाउनका लागि गुठी प्रणालीको योगदान र यसको महत्वको बारेकेस स्टडी प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

बढ्दै गएको पृथ्वीको तापक्रम, कार्बन उत्सर्जनका कारण विश्वका धेरै सहरहरुको वातावरण अस्वस्थ बन्दै गएकोमा छलफल गर्दै उक्त समस्या समाधानका लागि सम्मेलनमा छलफल छलफल गरिने प्रवक्ता राजु महर्जनले जानकारी दिनुभयो ।