पर्यटक मृत अवस्थामा भेटिए


सरस्वती न्यौपाने, रसुवा ।

तामाङ सम्पदा मार्गमा भ्रमण गर्न गएका एक पर्यटक शुक्रबार मृत अवस्थामा भेटिएका छन् ।

जिल्ला प्नहरी कार्यालय रसुवाका अनुसार नेदरल्यान्डका २७ वर्षीय थोमसको शव गोसाईकुन्ड गापा– १ को थुमन ईलाका क्षेत्र अन्तरगत रिछर जङ्गलको भौगोलिक विकट स्थानमा भेटिएको हो ।

प्नहरिको ३ वटा तालिम प्नाप्त कुकुरको साहायताले नेपाल प्नहरी,स्थानीयवासी र सिम्रिक एयरका दक्ष कर्मचारी समेतको प्नयासमा उक्त पर्यटकको शव भेटिएको बताईएको छ।

असोज १ गतेबाट उनको परिवारको सम्पर्क बाहिर रहेको थियो । साथै सङगै गएका अर्का दक्षिण कोरियालि नागरीक सिसिङको पनि खोजि कार्य जारि रहेको प्नहरिले जनाएको छ।