पालन पोषणको लागी समस्यामा परेका दुई नाबालकले पाए न्याय


बासुदेव शर्मा, जाजरकोट ।

जाजरकोट नलगाड नगरपालिकाको न्यायिक समितिको फैसलाबाट दुई नाबालकले न्याय पाएका छन् । पालन पोषणको लागी समस्यामा परेको दुई नाबालकलाई न्यायिक समितिको फैसलाबाट न्याय पाएका हुन् ।

नलगाड नगरपालिका–५ सिर्के निवासी बिमला सिह र नलगाड नगरपालिका–७ का सुनिल सिह बीच जिल्ला अदालत जाजरकोटमा सम्वन्ध बिच्छेद भएपछि उनीहरुका ७ बर्षिय छोरा मानब सिह र ४ बर्षिय छोरा बिज्ञान सिहको पालन पोषणमा समस्या भएको हो ।

कानुन अनुसार आमा वुवा विच सम्वन्ध विच्छेद भईसकेपछि मानव र विज्ञान आमा विमला सिहसग वस्दै आएको थिए । आमा बिमलाले उनीहरुको पालन पोषण एक्लै गर्न नसक्ने भएपछि छोराहरुको पालन पोषणको लागी आमा बिमला सिहले नलगाड नगरपालिकाको न्यायिक समितिमा बुवा सुनिल सिहका बिरुद्ध छोराहरुको पालन पोषणको लागी उजुरी गर्दा गर्नु भएको थियो ।

न्यायिक समितिका संयोजनक, नलगाड नगरपालिकाका नगर उप प्रमुख बालकुमारी बस्नेत, सदस्यहरु राममाया हमाल र शेर बहादुर नाथको संयुक्त फैसलाले आवश्यक छानविन गरी फैसला गरेको थियो ।

न्यायिक समितिको संयुक्त फैसलाले छोरा मानब र विज्ञान सिहको पालन पोषणको लागी बुवा सुनिल सिहले मासिक रुपमा ५ हजार रुपैया आमासग रहदाँ सम्म दिने, उनीहरु बिरामी भएर आकस्मिक छोराहरुलाई खर्च गर्नु पर्ने अवस्था आए बुवा सुनिलले ६० प्रतिशत, आमा बिमलाले ४० प्रतिशत रकम खर्च गर्नु पर्ने फैसला गरेको हो ।

न्यायिक समितिको फैसलाले नाबालक छोरा मानव र विज्ञानले न्याय पाएको बाल अधिकारकर्मीहरुले वताएका छन् । उक्त निर्णय कार्यन्यन भए नभएको अनुगमण गर्नको लागी तत्काल नगरपालिकाले नगर प्रहरीको व्यवस्था गर्न अधिकारकर्मीहरुले आग्रह गरेका छन् ।

नलगाड नगरपालिकाको न्यायिक समितिमा ३६ वटा उजुरीहरु दर्ता भएको न्यायिक समितिका कर्मचारी किरण थापाले वताउनु भयो । उहाँका अनुसार न्यायिक समितिमा दर्ता भएका ३६ वटा उजुरी मध्य १९ वटा उजुरी फैसला भएका बाँकी ११ वटा उजुरी छलफलमै जाना बाँकी रहेको सचिवालयका किरण थापाले जानकारी दिनु भयो ।

न्यायिक समितिले सामान्य छलफलबाट १० वटा, कानुुनी प्रक्रियाबाट ९ वटा उजुरी फैसला भईसकेको बताउदै बाकी ६ वटा उजुरीहरु छलफल, मिलापत्र तथा फैसलाको लागी पेशीमा रहेका छन ।

इजलास र कानुन् प्रक्रियाले साँचीको बयानको आधारमा फैसला गर्ने न्यायिक समितिहरुमा नलगाड नगरपालिका जिल्लाकै पहिलो न्यायिक समिति रहेको छ ।