५ लाख घुस सहित ओभरसियर पक्राउ


न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौंकाे टोखाका एक ओभरसियर ५ लाख घुस सहित पक्राउ परेका छन्। लायन्स इन्जिनियरिङ कन्स्ट्रक्सन एण्ड कन्सल्टेन्सी प्रा.लि.काठमाडौंका ओभरसियर प्रशान्त चौधरीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिएको टोलीले मंगलबार पक्राउ गरेको हो।

ओभरसियर चौधरीले टोखा नगरपालिकाबाट भवन निर्माण भएको प्रमाण–पत्र मिलाईदिने भन्दै सेवाग्राहीबाट नगद ५ लाख घुस लिएको सूचनाको आधारमा पक्राउ गरेको हो । यसबारे थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभएको छ ।