मोटरसाइकल दुर्घटनामा परी चालककाे मृत्यु


न्युज अफ नेपाल, धनुषा ।

जनकपुर उपमहानगरपालिका–४ भैरवचोकस्थित सडकमा ना १ ग ४७९ नम्बरको गाडीमा विपरित दिशाबाट आएको अन टेष्ट लेखिएको मोटरसाइकल बुधबार बिहान ठक्कर खाँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक धनौजी गाउँपालिका–४ झोझिकटैया बस्ने १८ वर्षीय मनिष मण्डलको जनकपुर अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार धनौजी गाउँपालिका-४ झोझिकटैया बस्ने १७ वर्षीय नद्रुल अन्सारीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।