अवैध रुपमा ल्याउँदै गरेको ८० हजारको पटका बरामद


न्युज अफ नेपाल, कपिलवस्तु ।

महाराजगंज नगरपालिका–१० हर्दौनाबाट अवैध रुपमा ल्याउँदै गरेको करिब ८० हजार रुपैयाँ मूल्य बराबरको २ कार्टुनमा रहेको विभिन्न पटका बुधबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीलाई देखेर अपरिचति व्यक्तिहरुले उक्त परिमाणको पटका छाडी फरार भएपश्चात प्रहरीले उक्त पटका बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।