जबरजस्ती करणी गरेको अभियोगमा थारु पक्राउ


न्युज अफ नेपाल, बर्दिया ।

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–७ सोनपुर बस्ने २५ वर्षीय सालिकराम थारुलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

थारुले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय जयनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।