हस्तकला व्यवसायीलाई सहुलियत दरमा ऋण दिन जोशीको आग्रह


न्युज अफ नेपाल, ललितपुर ।

अरनिको व्यावसायिक प्रर्वद्धन तथा सांस्कृतिक समाजका अध्यक्ष अजरमान जोशीले बैंक तथा वित्तीय संस्थाले ललितपुरको कला र संस्कृति र परम्परा जर्गेनामा विशेष सहयोग गर्नुपर्ने बताउनुभएको छ ।

प्रयागपोखरीस्थित एनआईसी एसिया बैंककको बुधबार शुभारम्भ गर्दै अध्यक्ष जोशीले सो कुरा बताउनुभएको हो । बैंक तथा वित्तीय संस्थाले सामाजिक दायित्व अन्तर्गत ललितपुरको कला, संस्कृति, भाषा र परम्परा जर्गेना कार्यलाई उच्च प्राथमिकतामा राख्नुपर्ने पनि उहाँको भनाई रहेको छ ।

ललितपुरलाई विश्वको ३५ औं कला नगरी घोषणा गरिएको सन्र्दभमा बैंकले हस्तकलाको कच्चा पदार्थ आर्यात, कालिगढहरुलाई कर्जा दिँदा सहुलियत दरमा दिन व्यवस्था मिलाउन पनि उहाँले आग्रह गर्नुभयो । समाज सुखी, सम्पन्न रहेमा मात्र बैंकलाई राम्रो हुने पनि अध्यक्ष जोशीको तर्क रहेको छ ।

सो अवसरमा एनआईशी एसिया बैंक प्रदेश नं ३ का उपप्रमुख लक्ष्मण चालिसेले बैंकले ललितपुरका उद्यमी व्यवसायी, सर्वसाधारण, हस्तकला व्यवसायीहरुको आकाक्षालाई अधिकत्तम प्रतिबिम्बत गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।