भक्तपुरको गुण्डुमा वैष्णोदेवी महोत्सव


न्युज अफ नेपाल, भक्तपुर ।

भक्तपुरको सूर्यविनायक नगरपालिका–७ को गुण्डुमा दसैंको घटस्थापनादेखि विजयादशीको दिनसम्म नवरात्रमा सञ्चालन भएको वैष्णोदेवी महोत्सव भक्तजनको उत्साहजनकरुपमा सहभागिता भएको छ । विभिन्न स्थानबाट गरी दैनिक हजारौंको संख्यामा भक्तजनको सहभागिता भएको छ । असोज १२ गतेदेखि २१ गतेसम्म चल्ने गुण्डूको सुब्बा पाखामा सञ्चालन भएको शतचण्डी ज्ञान महायज्ञ भक्तजनको भीड लागेको हो ।

उक्त देवी महोत्सवमा लक्षण शास्त्रीज्यूको प्रमुख वाचकत्वमा नेपालका राष्ट्रिय कलाकारहरुको उपस्थितिमा भजन, कीर्तन, देवलीला, झाँकी तथा गुरूहरुबाट शतचण्डी पाठ पारायण र दैनिकी हवन भइरहेको छ । उक्त महोत्सवबाट सङ्कलीत रकमबाट बहुुभाषिक, आधुनिक, वैज्ञानिक गुरुकूल निर्माण गरिने कार्यक्रमका संयोजक अरबिन्द शास्त्रीले बताउनुभयो ।

गत असार ४ गते ताप्लेजुङ्गको पाथीभरा मन्दिरबाट ल्याइएको २७ फिट अग्लो माताको अस्त्र स्वरुपको त्रिशुल शक्तिको रुपमा सोही स्थानमा सांसद महेश बस्नेतले शिलान्यास गर्नुभएको थियो । भविष्यमा सोही स्थानमा द्वारकापुरी दिव्यधाम समेत निर्माण गरिने लक्ष्य लिएको छ मन्दिर निर्माण समितिका संयोजक अर्जुन बस्नेतले जानकारी दिनुभयो ।

त्यस्तै असोज १२ गते विहान ८ बजे कलश यात्रा, पूर्वाङ्ग र ११ बजे शतचण्डी ज्ञानमहायज्ञको समुद्घाटन, दैनिक मण्डप पूजा एवं हवन बिहन ७ देखि ८ बजेसम्म भइरहेको बस्नेतले बताउनुभयो । वैष्णोदेवी महोत्सव शुरु भएदेखि दैनिक पर्ने पानी रोकिएको, सूर्यविनायक नगरपालिका-७ वडा कार्यालयले महोत्सवसम्म पुग्नका लागि बाटो ग्रावेल गरेको, नेपाल विद्युत प्राधिकरणले बत्तिको व्यवस्थापन गरिएको र गुण्डू खानेपानी मूल उपभोक्ता समितिले खानेपानीको व्यवस्था गरिएको र दैनिक शान्ति दीप प्रज्वलन गर्ने गरिएको छ । महोत्सवमा हरेक दिन विभिन्न राष्ट्रिय कलाकारहहरुको भजन, किर्तन लगायका कार्यक्रम गर्ने गरिएको छ ।