विप्लव समुहका एक कार्यकर्ता पक्राउ


किरन धामी, दार्चुला ।

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्व समुहको जिल्ला सदस्य बसुन्धरा प्रसाद भट्ट पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय गोकुलेश्वरले शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरबाट मंगलबार बेलुकी उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक सुरेन्द्र प्रसाद जोशीले जानकारी दिनुभयो ।

मार्मा गाउँपालिका–२ मटेला घर भएका ४० वर्षिय भट्टलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याएको तथा उनिमाथी अनुसन्धान भैइरहेको उहाँले बताउनुभयो ।

उनि माथी राज्य कसुर विरुद्धको मुद्धा चलाइने तयारी भैइरहेको समेत उहाँले बताउनुभयो । विप्लवका कार्यकर्ता भट्टको साथबाट प्रहरीले जनगणतन्त्र अवधारणागत नेपालको संविधान र जनसत्ता निर्देशिकाका साथै मोबाइल फोन बरामद गरेको प्रहरी निरिक्षक जोशीले बताउनुभयो ।