पशुपन्छी दिवसमा अन्र्तक्रिया


मोतीराम तिमल्सिना, काभ्रे ।

पशुपक्षि प्रतिको आत्मियता, आजको आवश्यकता’ भन्ने नाराका साथ जिल्ला भेटनरी अस्पताल तथा पशुु सेवा विज्ञ केन्द्र धुलिखेलले प्रभातफेरी लगायतका कार्यक्रम आयोजना गरेको छ ।

सप्ताह ब्यापी कार्यक्रम अन्र्तगत असोज ११, १२ र १३ गते प्रचार प्रसार गरिएको थियो । असोज १४ र १५ गते कार्यालय परिसरमा सरसफाई आयोजना गरिएको छ । त्यस्तै असोज १५ गते विहान प्रभातफेरी तथा पत्रकारहरुसँग अन्र्तक्रिया कार्यक्रम आयोजना गरिएको छ । पशु कल्याण सम्वन्धी संचारकर्मीहरुसँग अन्र्तक्रिया आयोजना गरी पशुहरुको अधिकारका लागि आवश्यक ऐन, कानुन निर्माण तथा निर्माण भएका कानुनहरुको ब्यवहारत प्रयोगका सन्र्दभमा छलफल भएको थियो ।

कार्यक्रममा प्रदेश सभा सदस्य चन्द्र लामाले प्रदेश सरकारले पशु र कृषि क्षेत्रमा ब्यवसायीक फर्म शुरुवात गर्न दक्ष जनशक्तिको ब्यवस्थापन गर्दै सोहि प्रकारको नीति तयार गरेको बताउनु भयो । सांसद लामाले सरकारले प्रदान गर्ने सबै सुविधा आम नागरिककोमा पु¥याउन सरकारले कार्यक्रमहरु तयार गरेको बताउनु भयो । कार्यक्रममा उपप्रमुख विमला शर्माले पशुहरुको हक हितका लागि नगरपालिकाले कानुन बनाई कार्यान्वयन गर्ने बताउनु भयो ।

विशेषगरी छाडा छाड्ने गरिएका पशुहरुका बारेमा समयमै सरोकारवाला सचेत हुन नसके उनिहरुको अधिकार मात्रै हनन नभई उनिहरु प्रति अन्याय गरिएको बताईन् । कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिनाले आम जनसुमदायमा पशुपक्षीका अधिकारका बारेमा सचेतना फैलाउनु पर्ने बताउनु भयो ।

निर्ममतापूवर्क पशुहरुको हत्या गरिएको र पशुहरुलाई छाडा छाडिएकाले उनिहरुको अधिकार कुण्ठीत भईरहेकाले सरोकारवालाहरुले त्यस तर्फ सचेत हुनु पर्ने तिमल्सिनाले बताए ।

भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा.मगोलप्रसाद शाहले नेपालमा पशु कल्याणको अवस्था र नीतिगत ब्यवस्थाका सन्दर्भमा कार्यपत्र प्रस्तुत गरेका थिए । सोहि समयमा शंकर शाहले पशुपंक्षी अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । धार्मिक, सामाजिक, आर्थिक र राजनीतिक महत्वका बारेमा बताउँदै शंकर शाहले आगामी दिनमा पशुपंक्षी अधिकारका बारेमा सचेत बन्नु पर्ने बताए ।

पशु विकास अधिकृत राजकुमार हुमागाईले संचालन गरेको कार्यक्रममा नेपाल वेलफेयर काउन्सिलका आनन्द दाहालले सामुदायिक कुकुरहरुको ब्यवस्थापन गरिरहेको बताए । उनले घाईते कुकुरहरुको उपचारमा पनि आफुले कार्य गरिरहेकोमा स्थानीय सरकारबाट सोचेजस्तो सहयोग नपाएको बताए । उनका अनुसार बनेपामा २५ सय, पनौतीमा २ हजार, पाँचखालमा १८ सय र धुलिखेल नगरपालिकामा ५ सय कुकुरको बन्ध्याकरण गरे पनि त्यतिकै संख्यामा बन्ध्याकरण गर्न बाँकी रहेको बताए । यस अघि भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले रेविज विरुद्ध प्रभातफेरी कार्यक्रमकोे आयोजना गरेको थियो ।