सभामुख महराको राजीनामा स्वीकृत

सभामुख पदमा फर्किने सम्भावना टर्यो


न्युज अफ नेपाल, काठमाडौं ।
युवती बलात्कार काण्डमा मुछिएपछि राजीनामा दिएका सभामुख कृष्णबहादुर महराको राजीनामा स्वीकृत भएको छ ।

यौन दुर्व्यवहारको आरोप लागेका सभामुख कृष्णबहादुर महराले पदबाट मंगलबार उपसभामुखसमक्ष राजीनामा पत्र बुझाएका थिए । आफूमाथि लागेको आरोपबारे सत्यतथ्य छानविनका लागि अनुसन्धानमा सहज होस् भनेर नैतिकताका आधारमा राजीनामा दिएको महराले बताएका छन् ।

यसअघि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सभामुख र प्रतिनिधिसभा सदस्य (सांसद) पदबाट राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्न सुझाएको थियो ।

महराले भने सभामुख पदबाट मात्र राजीनामा दिएका छन् ।