जिल्लाबाट काम सक्ने वित्तिकै बुढीगण्डकीको काम सुरु हुन्छ: डा. कँडेल


सीताराम अधिकारी,धादिङ।बुढीगण्डकी जलासययुक्त जलविद्यु परियोजनाका लागि मुआब्जाका कारण काममा ढिला भएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। पुष्प कँडेलले बताउनुभएकोछ । जिल्लाले मुआब्जा विषय टुङ्ग्याउनु पर्छ अझैसम्म आरुघाट बजार, खहरेबजारको मुआब्जा निर्धारण नभएकोले यसको काम रोकिएको हो ।


मुआब्जाको काम नसकिँदै निर्माण सुरु गर्दा अन्य परियोजनामा धेरै समस्या भोगेका कारण यस परियोजनामा मुआब्जा विषय सकेर मात्र निर्माण चरणमा प्रवेश गर्ने गरि सरकारले तयारी गरेको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. कँडेलले बाउनुभयो ।

प्रेस संगठनले धादिङबेसीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा राष्ट्रिय गौरबको आयोजना भएकोले यसको मोडल र निर्माण प्रकृयाका बारेमा छिट्टै निर्णयमा पुगिने योजना रहेको उहाँको भनाइ छ ।

त्रिभुवनराजपथको नौबिसे नागढुंगा सडकमा सवारी जाम कम गर्न बैकल्पिक राजमार्ग बनाउन दशैँपछि स्थलगत गरिने र यसका लागि भौतिक पूर्वाधार मन्त्रालय, संघीय सांसद भूमि त्रिपाठी, नेकपा अध्यक्ष नेत्र पौडेलसंग छलफल भइसकेको डा. कँडेलले बताउनुभयो ।

लामीडाँडादेखि गल्छी, कल्लेरी, कुम्पुर, सलाङहुँदै बेनिदोभानसम्म ट्रयाक बनेको छ ।अब नाली बनाउने, सडक फराकिलो बनाउने र पिच गर्ने काम गर्न सकिएमा यो क्षेत्रले नै काँचुली फेर्ने र देशलाई नै फाइदा पुग्ने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष कँडेलको भनाइ छ ।

काठमाण्डौमा ५० लाख मानिस बस्छन् । चाडवाडको बेला उनिहरु घर जाने र फर्कने ठूलो स।ख्या एकै पटक ओहोर दोहोर हुने गरेको छ ।धुनीबेसी नगरपालिका, थाक्रे, गल्छी, सिद्धलेक गाउँपालिकाले यो योनामा स्थानीय सरकारले सघाएमा छिटै निर्माण सकिने छ । यस क्षेत्रको धेरै स्थानमा सडक बनिसकेको छ ।

यसलाई चौडा बनाउन र पिच गर्न सके नदी किनारको नयाँ शहर र सभ्यता हुने छ ।गाउँपालिका अध्यक्षहरुले समेत यो योजनामा काम गर्न लागेका छन् भने संघीय साम्सद भूमि त्रिपाठी, नेकपा अध्यक्ष नेत्र पौडेल समेतले योजना आयोगसंग छलफल गरि दशैँपछिबाट स्थलगत अध्ययन गरिने योजना छ ।

धादिङ जिल्लाको विकासका लागि रुबीभ्याली पर्यटन विकास, रसुवागढी नाकाबाट तिप्लिङ हुँदै सडक पुर्वाधार विकास गर्नु पर्ने र यो काममा आफू लागि परेको बताउनुभयो ।