एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को सचिव पदका उमेदवार बरुवालका यस्ता छन् ११ बुँदे प्रतिबद्धता


एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को सचिव पदका प्रत्याशी उमेदवार शिव कुमार बरुबालले ११ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन् । उनले दुई वर्ष कार्यकालको लक्ष्य समेत सार्वजनिक  गरेका हुन् ।

आगामी अक्टोबर १५-१७ मा काठमाडौंमा हुन गैरहेको एनआरएनएको नवौं अन्तर्राष्ट्रिय महाधिवेशनमा आफूले गैरआवासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको सचिव पदमा उमेदवारी दिएको घोषणा गरेको जनाएका छन् ।

२ बर्ष पहिले युरोप क्षेत्रको संयोजक जस्तो महत्त्वपूर्ण जिम्मेवारीमा रहँदा एनआरएनएको बिधानको अधिनमा रहि एनआरएनएले सुरु गरेका सबै प्रकारका परियोजना सफल बनाउन सक्रिय भुमिका निभाएको बताउँदै एनआरएनएको अभियानलाई सफल र सार्थक निस्कर्षमा पुर्‍याउन अन्तर्राष्ट्रिय समन्वय परिषदको सचिब पदमा आफ्नो उमेदवारी दर्ता गराउने निर्णय गरेको बताएका छन्  ।

यस पटक पनि सबैको साथ समर्थन र सहयोगको लागि हार्दिक अपलि गरेका छन् । उनले आफूप्रतिको बिश्वास र भरोसालाई कहिल्यै टुट्न नदिने प्रतिबद्धता समेत ब्यक्त गरेका छन् ।

यस्ता छन् ११ प्रतिबद्धता

१. एनआरएनएको संजाललाई थप देशहरुमा बिस्तार गर्दै एनआरएनएको पञ्जीकृत सदस्यता लिने प्रक्रियालाई सहज बनाई धेरै भन्दा धेरै पञ्जीकृत सदस्य बनाउने ।

२. एनआरएनएलाई सबै डायस्पोरामा छरिएर रहेका नेपालीहरुको अपनत्व हुने गरी साझा संस्था र सबैको अपनत्व हुनेगरी सरल, सहज पहुँचमा प्रतिनिधित्व हुने गरि अगाडि बढाउने योजना मुताबिक कार्ययोजना बनाउने लक्ष्य ।

३. हालसम्म देशको अर्थतन्त्रलाई धानेको वैदेशिक रोजगारीलाई थप मर्यादित , ब्यवस्थित, जोखिम मुक्त बनाउन पहल गर्ने वैदेशिक रोजगारीबाट गएको रेमिट्यान्सलाई देशभित्र उत्पादनमुलक ठाउँमा लगानी गर्ने बाताबरण बनाउने ।

४. हाल रहेको एनआरएनएको वैदेशिक श्रमिक कल्याणकारी कोषलाई बृद्धि गर्दै, वैदेशिक रोजगारीमा आएका सबै एनआरएनएले समस्या परेको बेलामा यो कोषलाई सहज तरिकाले अपनत्व हुने गरी उपयोग गर्न सक्ने बनाउने ।

५. एक पटकको नेपाली सधैको नेपाली हुन पाउनु पर्दछ भन्ने मुद्धालाई जोडदार रुपमा उठाउँदै हाललाई नेपालको संविधानमा ब्यवस्था भएको गैरआवासीय नेपाली नागरिकतालाई सहज तरिकाले हाम्रा पुस्ता, पछिका भावी सन्ततीले पनि प्राप्त गर्ने खालको ऐन बनाउन नेपाल सरकासँग जोडदार माग गर्दै आवश्यक पहल गर्ने ।

६. एनआरएनएको काठमाडौंमा रहेको सचिवालयलाई थप ब्यवस्थित गरी सबै एनआरएनएहरुको सूचनाको केन्द्रको रुपमा विकास गर्ने, नेपाल पुग्दा सबैको सम्पर्क कार्यालयको अनूभूति हुने गरी विकास गर्ने ।

७. नेपाल राष्ट्रको सम्मृद्धिको आधार पर्यटनलाई प्रबद्र्धन गर्न नेपाल भ्रमण वर्ष २०२० लाई प्रचार प्रसार गर्न पर्यटन प्रबद्र्धनलाई अभियानको रुपमा सबै देशहरुमा क्रमश लैजाने ।

८. गैरआवासीय नेपालीले विदेशमा मिहेनत गरेर आर्जन गरेको ससानो पूँजीलाई एकीकृत गरी संयुक्त रुपमा नेपाल सरकारसँग सहकार्य गरी नाफामूलक योजनाहरुमा लगानी गर्ने र गरिएको लगानी बाट अएको मुनाफा सजीलै चाहेको बेला ल्याउन सक्ने ऐन कानुन बनाउन सकारात्मक भुमिका सहित पहल गर्ने ।

९. विदेश अर्थात् प्रवासमा जन्मेका युवा पुस्तालाई नेपालसङ्ग र एनआरएनएसँग जोड्न विभिन्न प्रकारका खेलकुद र अतिरिक्त क्रियाकलप आयोजना गर्ने र छुट्टै एनआरएनए खेलकुद एकेडेमी बनाउने ।

१०. खाडीलगायत मलेसियामा रहेका नेपाली श्रमिकका आवाजलाई सशक्त ढंगले उठाउँदै एनआरएनएलाई नेपाली श्रमिक वर्गको हक हितमा केन्द्रित गराउन पहल गर्दै, नेपाली श्रमिक वर्गका समस्याको पहिचान सहित क्रमश नेपाल सरकारसँग सहकार्य गरेर आवश्यक पहल गर्ने ।

११. एनआरएनएलाई सबल सस्थागत र दिगो रुपमा बिकास गर्न भिजन २०२० एन्ड बियोण्ड को अबधारण अनुसार सस्थाको नीति कार्यक्रम र संरचना तयार गर्दै लैजाने ।