एनआरएनएको सह-कोषाध्यक्षका उमेदवार गौतमका यस्ता छन सात प्रतिबद्धता


पर्वत । गैर आवासिय नेपाली संघ (एनआरएनए)को उद्गमथलो रसियामा बसेर एनआरएन आन्दोलनमा महत्वपुर्ण योगदान पुर्याएका गोबिन्दप्रसाद गौतमले यसपटक सहकोषाध्यक्ष पदमा उमेदवारी घोषणा गरेका छन् ।

पर्वतको फलेबास नगरपालिका ६ देबिस्थानमा जन्मेका गौतम लामो सयम देखि अभियानमा निरन्तर लागि रहनुभएको छ । हामी जहाँ पुग़े पनि हाम्रो रगतमा नेपालीपन बग्दछ भन्ने बिश्वास राख्ने गौतमले नेपाली सपना नै देख्ने गरेको बताउनुहुन्छ ।

आफुँले देखेका यिनै नेपाली सपनाहरूलाई साकार पार्न निरन्तर अभियानमा लागेको र यस पटक एनआरएनएमा सहकोषाध्यक्षमा बिजयी बनाउने बिश्वास उहाँको छ ।गौतमले यसअघि ग़ैर आवाशीय नेपाली संघमा सन् २००३ देखि पंजीकृत सदस्य भएर अभियान शुरु गर्नुभएको थियो ।

त्यसपछि गैर आवासिय नेपाली संघ रुसको कार्यकारी सदस्य ,गैर आवासिय नेपाली संघ रुसको उपाध्यक्ष ,गैर आवासिय नेपाली संघको १०१३-२०१५ को कार्यकालमा केन्द्रिय प्रतिनिधि (आइसीसी सदस्य), गैर आवासिय नेपाली संघको २०१५-२०१७को कार्यकालमा केन्द्रिय प्रतिनिधि (आइसीसी सदस्य),गैर आवासिय नेपाली संघको २०१७-२०१९ को कार्यकालमा युरोपको उप संयोजक को भूमिका निभाउनुभएको छ ।

यस अबधिमा भाषा तथा साहित्य उपसमितिको जिम्मा पाएपछि नेपाली भाषा र साहित्यको सम्वृद्धीका लागि सन् २०१७ मा युरोपियन बैठकमा भब्य साहित्यिक कार्यक्रम ,सन् २०१८ मा प्रज्ञा प्रतिष्ठानको सहकार्यमा अन्तर्रास्ट्रिय नेपाली कविता गोष्ठी काठमाडौमा, नेपाली साहित्यलाई अन्तराष्ट्रीयकरण गर्न बिदेशी भाषामा नेपाली भाषाका कृतिहरुलाई अनुवाद गरि कैयौ पुस्तक निकाल्न संयोजक को भूमिकाबाट महत्वपुर्ण योगदान दिनुभएको छ ।

गैर आवासिय नेपाली संघको इतिहासमा प्रथम अन्तर्रास्ट्रिय नेपाली भाषा तथा साहित्य सम्मेलन बोस्टनमा गर्न समेत सफल भएको इतिहास रहेकाले सहकोषाध्यक्षमा उहाँको दाबेदारीलाई महत्वपुर्णरुपमा लिइएको छ । उहाँले सहकोषाध्यक्षको उमेदवारी संगै जारी गरेका प्रतिबद्धता यस्ता छन् ।

१- गैर आवासीय नेपाली संघको उद्देश्य र लक्ष्य बिदेशमा बस्ने नेपालीहरुलाई आवश्यक सहयोग पुर्याउने र नेपालको समृद्धिमा बिदेशबाटै योगदान दिने भएकोहुँदा सर्व प्रथम यो लक्ष्य प्राप्तिको लागि बिशेष पहल गर्दै आम गैर आवासिय नेपालीहरुलाई यसमा समाहित गर्दै पञ्जीकृत सदस्य संख्या बढाउनलाई बिशेष पहल गर्ने ।

२-  गैर आवासिय नेपाली संघको आय व्यय बिबरण अन्तर्रास्ट्रिय लेखा मापदण्ड अनुसार बनाउने,जसले आर्थिक पारदर्शिता बढाउन मदत मिल्छ ।

३- संघको आर्थिक स्थिति मजबुत बनाउन नेपालमा र नेपाल बाहिर एनआरएनए फ़ाउन्डेशन थापना गर्ने कुरामा सहमति जनाउदै त्यस तर्फ आफ्नो सकृय भुमिका रहने।

४- गैर आवासिय नेपाली संघ सबै गैर आवासिय नेपालीहरुको साझा संस्था बनाउन र यसको संरचना मा परिवर्तन गरि साधारण व्यक्ति पनि यसको नेतृत्व तहमा पुग्न सक्ने किसिमको बाताबरण सिर्जना गर्ने ।

५- आम्दानि अनुसार खर्च गर्ने परिपाटीलाई प्राथमिकता दिदै प्रत्येक गैर आवासिय नेपालीको मेहनतबाट संकलित रकमलाई अनियमता हुन नदिन बिशेष ध्यान दिने ।

६- गैर आवासिय नेपाली संघले नेपालले हरेक क्षेत्रमा समृद्धि गरोस भन्ने चाहना अनुरूप आर्थिक लगानी मात्र नभई नेपाली संस्कृति भाषा र साहित्यलाई अन्तराष्ट्रिय क्षेत्र सम्म पुर्याएर नेपालको पहिचान गराई पर्यटन क्षेत्रको विकासमा सहयोग पुर्याउने ।

७- गैर आवासिय नेपाली संघ एउटा ठुलो संस्था भएकोले त्यहाँका सबै पदाधिकारीहरुसँग मिलेर सामुहिक निर्णयमा इमान्दारिताका साथ लाग्ने ।