पर्यटन वर्षलाई सफल बनाउन पहिलो पटक धुन्चे—पोखरा बस सेवा सन्चालनमा


सरस्वति न्यौपाने, रसुवा ।

पर्यटन वर्ष २०२० लाई सफल बनाउन पहिलो पटक सदरमुकाम धुन्चे र पोखरा बस सेवा मंगलबारबाट सन्चालनमा आएको छ ।

टिमुरे यातायात प्रा.लि. र पृथ्वी राजमार्ग बस सन्चालन कम्पनी प्रा.लि.को सहकार्यमा पवित्र तिर्थ गोसाईकुण्ड तथा लाङटाङ क्षेत्र र तामाङ सम्पदा मार्गको भ्रमण सहज र सरल बनाउने उदेश्यले धुन्चेदेखि पोखराको लेकसाईटसम्म नियमित बस सन्चालन गरिएको रसुवा चेम्बर अफ कमर्सका अध्यक्ष एवम बस सन्चालक समितिका सल्लाहकार सन्चिव अमत्यले जानकारी दिए ।

उनका अनुसार मंगलवार रसुवा हुँदै पोखरा जाने बसलाई गोसाईकुण्ड गा.पा. अध्यक्ष कैसाङ नुर्पु तामाङ र नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले संयुक्तरुपमा रिवन काटी सुभारम्भ गरेका थिए । विहान ७ बजे धुन्चबाट पोखराको लागी दैनिक एक ओटा र पोखरा बाट ६ ः ४५ बजे धुन्चेका लागी १ ओटा बस छुट्ने बताए ।
बस सन्चालनले हिमाली प्रकृति छटाको अवलोकन गर्न आन्तरिक एवम बाह्रय पर्यटन लाई यात्रामा सहज भएको छ ।