मगर समुदायले सञ्चालनमा ल्याए जिल्लामै पहिलो होमस्टे


लिला सुनुवार, ओखलढुंगा ।

ओखल्ढुंगाको मगर समुदायले जिल्लाकै पहिलो होमस्टे सञ्चालन गरेका छन । जिल्लाको सिद्धीचरण नगरपालिका–६ ठाडेका मगर समुदायले जिल्लाकै पहिलो ठाडे मगर सामुदायिक हामस्टे यहि अश्विन १४ गते देखि सञ्चालनमा ल्याएका हुन् ।

होमस्टेमा बास बस्न आउने पाहुनालाई आलुको ढिडो ( रिल्दुक), गोर्मालि (गहुँको पिठो दुधमा पकाएको),स्याक्पा, सिमी, मकै, फापरको ढिंडो लगाएत स्थानीय परिकारसंगै मगर समुदायको संस्कारले सत्कार गरिने आयोजकले बताएका छन् ।

स्थानिय मगर समुदायको संस्कृति संरक्षणसँगै स्थानिय परिकारहरुको प्रचारको लागी होमस्टे सञ्चालनमा ल्याएको ठाडे मगर सामुदायिक होमस्टेका अध्यक्ष पारस मगरले बताए । हाल ९ घरमा होमस्टे सञ्चालनमा रहेको र २० घर होमस्टे सञ्चालनको लागी तयारी अवस्थामा रहेको समेत अध्यक्ष मगरले बताए ।

केन्द्धिय बिधुत प्रसारण लाइन पनि नभएको र होमस्टे सञ्चालन भएको ठाउँ उच्च भौगोलिक अबस्थामा रहेको कारण सोलारले काम नगर्ने भएकोले बिद्युत आपुर्ति होमस्टे सञ्चालनको लागी चुनौति रहेको सञ्चालक समितीका अध्यक्ष पारस मगरले बताए ।

होमस्टेको उत्घाटन कार्यक्रमलाइ सम्बोधन गर्दै संघिय संसद यज्ञ राज सुनुवारले होमस्टे सञ्चालन भएसंगै ओखलढुंगालाई आन्तरिक तथा बाह्य पर्यटकिय स्थल बनाउने योजनामा महत्वपूर्ण टेवा पुगेको बताए । यहाँ बिद्युत र सञ्चारको निक्कै समस्या रहेको र बिद्युत र सञ्चारसंगै अन्य बिकासका पूर्बधारहरुको संरचना तयार गर्न आफु लागी पर्ने समेत संघिय संसद सुनुवारले बताए ।

ठाडे बुङको आलु र हिउँद याममा हिउँको लागी निक्कै प्रख्यात रहेको छ । यहाँ पाईने बुङको आलु बाह्य तथा आन्तरीक पर्यटकहरुले कोशेलिको रुपमा लाने गरेको पाईन्छ । यसैगरि ठाडेमा हिउँ पर्ने मौसममा हिउ खेल्ने र हिउँ हेर्ने पर्यटकहरुको घुइंचो अधिक मात्रामा देखिन्छ ।