लागूऔषध सहित चारजना पक्राउ


न्युज अफ नेपाल, काठमाडाैं ।

कास्कीको पोखरा महानगरपालिका–१० बुद्धचोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १५ ग्राम सहित सोही महानगरपालिका फुलबारी बस्ने २२ वर्षीय नारायण कार्की लगायत ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट पर्सा वीरगञ्ज महानगरपालिका–१३ मुर्ली बस्ने २८ वर्षीय नाजिर हुसेनलाई नियन्त्रित लागूऔषध सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको ना ५ ख १४९९ नम्बरको यात्रुबाहक बस जाँच गर्ने क्रममा बसमा सवार हुसेनलाई नियन्त्रित लागूऔषध फेनरागन १ सय ९९ एम्पुल, नुर्फिन १ सय ९८ एम्पुल र डाइजेपाम १ सय ९५ एम्पुल सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।