पेस्तोलसहित ४ पक्राउ


काठमाडौं, (नेस)। महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको प्रहरीटोलीले पेस्तोलसहित ४ जनालाई पक्राउ गरेको छ।

प्रहरील बुधबार बिहान काठमाडौं महानगरपालिका–९ शम्भुमार्गस्थित एभरेस्ट होलिडे इन होटलको कोठा नम्बर ४०४ बाट बालुवाटार बस्ने उदयपुर कटारीका भीम सुर्खेती, लाजिम्पाट बस्ने सिन्धुलीका भीमबहादुर माझी, प्रदीप माझी र सीतापाइला बस्ने लोकेन्द्रबहादुर आलेलाई पक्राउ गरेको छ।

उनीहरूको साथबाट प्रहरीले पेस्तोल १ थान, म्यागजिन १ थान र सोही पेस्तोलमा लाग्ने गोली ६ राउन्ड बरामद गरेको छ।