मृत अवस्थामा फेला


न्युज अफ नेपाल, ललितपुर । ललितपुर महानगरपालिका-१४ ठैब खुश्बुटोलस्थित पानीको नहरमा हाल नाम, थर, वतन नखुलेकी करिब २५ वर्षीया महिला मंगलबार बिहान मृत अवस्थामा फेला परेकी छन् ।

त्यस्तै, स्याङजा, वालिङ नगरपालिका-८ शितलनगर डेरा गरी बस्ने पर्वत सिम्ले गाउँपालिका-४ घर भएका २७ वर्षीय भरत नेपाली आफ्नै कोठामा मंगलबार बिहान मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।