उपत्यकाको विभिन्न स्थानमा नागरिक सहायता कक्ष स्थापना


न्युज अफनेपाल, काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाको विभिन्न स्थानमा नागरिक सहायता कक्ष स्थापना गरेको छ । दशैं मान्न उपत्यकाहुँदै गाउँ फर्किने यात्रुको टिकट लगायत यातयातमा सहजताका लागि सहायता कक्ष स्थापना गरेको हो ।

आइतबार अग्रिम टिकट शुरु भएपछि सोही दिनबाट नयाँ बसपार्कमा सहायता कक्ष शुरु गरिए पनि मंगलबारबाट भने कलङ्की र बल्खुमा कक्ष स्थापना भएको हो । आज बुधबारबाट थप १४ स्थानमा कक्ष स्थापना गर्ने विभागका महानिर्देशक गोगनबहादुर हमालले बताउनुभयो ।

विभागले यात्रुलाई सहज होस भनेर उपत्यकाको टिकट काउन्टर रहेका विभिन्न स्थानमा प्रत्येक वर्ष दशैँदेखि छडसम्म यस्तै कक्ष स्थापना गर्दै आएको छ ।
यात्रुका गुनासो सुन्ने र सोही स्थानबाट सहयोग गर्ने उद्देश्यले कक्ष शुरु भएको विभागका महानिर्देशक हमालले बताउनुभयो । विभागले मंगलबारसम्म २५ हजार बढीले अग्रीम टिकट काटिसकेको जनाएको छ ।