धुलिखेल कल्याणकारी सेवा समाजमा गजुरेल


नेपाल समाचारपत्र,काभ्रे। धुलिखेल कल्याणकारी सेवा समाजको चौथो वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले दिलबहादुर गजुरेलको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्विरोधरूपमा चयन गरेको छ।

कार्यसमितिको उपाध्यक्ष खड्गप्रसाद सापकोटा, गायत्रीरमण घिमिरे, सहसचिव पशुराम थापा, कोषाध्यक्ष भगवती तिमल्सिना चयन भएका छन्। त्यसै गरी सदस्यहरूमा संगीता तामाङ, कुमारी भुजेल, निरज खड्का, जितबहादुर केसी खड्गबहादुर श्रेष्ठ चयन भएका छन्।

एक सदस्य कार्यसमितिले मनोनयन गर्ने सभाले अख्तियारी दिएको छ। विभिन्न जिल्ला तथा काभे्र जिल्लाकै धुलिखेल बजारभन्दा दायाँ–बायाँ पुख्यौली भएर हाल बजारमा स्थायी बसोबास गर्दै आएका ६० परिवार समेटिको उक्त संस्था सामाजिक सेवाभावले २०७० सालमा स्थापना गरिएको हो।

कार्यक्रममा संस्थाका जेष्ठ सदस्य विष्णु पाण्डेको प्रमुख आतिथ्यमा सञ्चालन भएको उक्त कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष चूडामणि पराजुलीले संस्थाको उद्देश्य र लक्ष्यमाथि प्रकाश पार्नुभएको थियो।

त्यसै गरी संस्थाको गतिविधिमाथि सचिव गायत्रीरमण घिमिरेले प्रगति विवरण तथा कार्ययोजना प्रस्तुत गर्नुभएको थियो। त्यसै गरी सचिव गोमाले आय–व्यय प्रस्तुत गर्नुभएको थियो।

नवनिर्वाचित पदाधिकारीहरूले निवर्तमान अध्यक्ष पराजुलीले खादा तथा टीका लगाई कार्यकालको सफलताको कामना व्यक्त गर्नुभयो।

कार्यक्रममा निर्वाचित अध्यक्ष गजुरेलले आगामी दिनमा विगतमा गरिएका कामलाई निरन्तरता दिँदै हाल समेटिएका ६० घरमा दुःख–सुखमा एकजुट भएर लागिपर्न आह्वान गर्नुभयो।