१ नम्बर प्रदेशबाट ६० जनाको कैद माफि मिनाहा


भद्रपुर(ने.स),

संविधान दिवसको अवसरमा प्रदेश १ भरीबाट ६० जनाले माफि मिनाहा पाएका छन् । प्रदेश १ मा रहेका ताप्लेजुङ, पाँचथर,झापा,मोरङ,सुनसरी, भोजपुर , उदयपुर ,ओखलढुङगा र सोलुखुम्बु कारागारमा कैद भूत्तान गरिहेका उनीहरुले माफि मिनाहा पाएका हुन् ।

विभिन्न कारागारबाट पाएको सूचना अनुसार ताप्लेजुङबाट भिमबहादुर शेर्पा र सुनिल इजम लिम्बू, पाँचथरमा भगिरथ तावा,सुरेन योङया र गोपीप्रसाद तावा रहेका छन् ।

त्यसैगरी झापाबाट अर्जुन सोरेन,ओमनारायण राजवंशी,दिपेन्द्र कार्की,सुकमान तामाङ,अर्जउल करिम, भेषराज कोइराला,उमनाथ गहतराज,टङ्कप्रसाद पोखरेल,पदमबहादुर तामाङ,रोशनकुमार राय मण्डल,मनिष कडरिया,मोहन थापा, कुमार भट्टराइ,लालबहादुर राइ,गङ्गा बिक,थर्कबहादुर अधिकारी र उदय कट्टेलले माफि मिनाहा पाएका छन् ।

त्यस्तै भोजपुरबाट पेम्बाछिरी शेर्पा, भिषण राइ,हर्कबहादुर राइ र रविन्द्र राइ रहेका छन् । उता तेह्रथुमबाट डल्लीमाया तामाङ,कृष्ण तामाङ र केदार खाती विश्वकर्मा छुटेका छन् । यता मोरङ कारागारबाट शुसिल शाक्य,सन्दीप धिमाल,मनिषा राइ,कविता मण्डल कामत,सुन्दरी राइ,मोतिबहादुर विक,सचानन्द यादव र दिपेश मगर रहेका छन् ।

त्यसैगरी क्षेत्रीय कारागार सुनसरी झुम्काबाट प्रवेश राइ, रामचन्द्र सरदार,रामएकवाल राय,मोहमद् नवाफ सरिफ,अनिल कुमार चौधरी,शम्भू चन्दावंशी,सन्तोष तामाङ,प्रविण राइ,रुद्रबहादुर विश्वकर्मा,राजकुमार शाह,लत्रु चौधरी,तिलकबहादुर विष्ट,जयराम संजोग लिम्बू,राजु नेपाल,सञ्जीव शाक्य, विशाल तामाङ,तिर्थ तामाङ र रामदेव मण्डल रहेका छन् । त्यस्तै उदयपुरबाट भूवन विकगजमेर,ओखलढुङ्गाबाट प्रमोद राइ र मिङ्मालामु शेर्पा छुटेका छन् भने सोलुखुम्बुबाट गोविन्द विश्वकर्मा र कमल विश्वकर्माले माफि मिनाहा पाएका छन् ।

कानूनले सिफारिस गर्न नमिल्ने भनी तोकिएको मुद्दा वाहेक असल चालचलन भइ तोकिएको कैदमा असोज २ गतेसम्म ५० प्रतिशत कैद भूत्तान गरेका बन्दीले माफि मिनाहा पाएका हुन् । नेपाल सरकार मन्त्री परिषदको भदौ २६ को निर्णयले राष्ट्रपतिबाट बाँकी कैद मिनाह भूत्तानी गरिएको कारागारका जेलर राजेन्द्र निरौलाले बताउँनुभयो । झापा कारागारबाट २४ जनाको सिफारिस पठाएकोमा १७ जनाको स्वीकृत भएर आएको उहाँले जनाउँनुभयो ।

संविधानको धारा २७६,फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन)ऐन,२०७४को दफा ३७,फौजदारी कसूर(कैद कट्टा)नियमावली,२०७६ बमोजिम संलग्न विवरण अनुसारका कैदीहलाइ बाँकी कैद छोट्याइ माफि मिनाहा दिने निर्णय भएको थियो ।