मन्त्रीलाई स्याउमा बिष राखियो !


यो घटना भारतको हो । भारतका केन्द्रीय खाद्य तथा उपभोक्ता मामिला मन्त्री रामविलास पासवानले आइतवार खानाको साथ रूसी सलादको व्यवस्था गर्न आग्रह गरेका थिए । बजारबाट आवश्यक चीजहरू ल्याउन पनि भनियो । केन्द्रीय मन्त्रीको आदेश पाएपछि कुकले बजारबाट आवश्यक चीजहरू ल्याए ।

रसियन सलाद बनाउँदा, केन्द्रीय मन्त्रीले सबै फलहरू धुने आदेश दिए । यद्यपि स्याउहरू धुने प्रयास बेकार थियो । पानी स्याउमा चिप्लदै गएको थियो । यस पछि, जब कुकले स्याउलाई चक्कुले चिरे तब यो पत्ता लाग्यो कि स्याउ चम्किलो बनाउनको लागि त्यसमा गम्भीर खालको रसायन (वैक्स) मिलाइएको रहेछ ।

राम विलास पासवानले स्याउ चिल्लो भएको कुरा थाहा पाएपछि कुकुलाई पसलका बारेमा जानकारी लिएका थिए । कुकबाट सूचना पाएपछि केन्द्रीय मन्त्री छक्क परे । पसल दिल्लीको पोस क्षेत्र, खान मार्केटको एक प्रमुख फलफूल पसल हो ।

स्याउको मूल्य सुनेर उनी चकित भए । कुकले भने कि स्याउ प्रति किलोग्राम ४२० रुपैयाँको दरमा खरीद गरिएको थियो । यसपछि केन्द्रीय मन्त्रीले विभागीय अधिकारीहरुलाई सम्पूर्ण कुराको बारेमा जानकारी गराए । विभागीय मन्त्रीको गुनासो सुनेपछि पूरै विभागमा हलचल मच्चियो । उपभोक्ता मन्त्रालयको टोली खान बजारमा पुग्यो र पसलमा छापा मार्न थाल्यो । छापामा पनि ती अधिकारीहरूले फलफूलमा मोम र रासायनिक पर्दाथ भेट्टाए । यसपछि, पसलको विरुद्ध कारबाही शुरू भयो ।

पसले भन्छन, ‘उनले आजादपुर मंडीबाट अमेरिकन स्याउ किनेका थिए । सबै स्याउहरू पसलबाट हटाइएको छ । यस्तो गुनासो पहिले कहिल्यै आएको थिएन । हामी राम्रो उपभेक्ताहरूको ख्याल राख्छौं र नियमहरू पालना गर्दछौं।’

क्वालिटी इन्स्पेक्टरहरू पनि नियमित अन्तरालमा पसलमा जाँच गर्छन् । जब मन्त्रीलाई यस्तो स्याउ पर्यो तब तत्काल छानविन सुरु भयो र कारबाहीको प्रक्रीया पनि अगाडी बढाइएको छ । यस्तै स्याउ जनताले वर्षौ देखि खाइरहेका छन्