संविधान दिवस : राष्ट्रिय झण्डामा रंगियो धादिङ (फोटोफिचर)


सीताराम अधिकारी, धादिङ । पाँचौ संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा धादिङबेसीमा भव्य कार्यक्रम गरि मनाइएको छ । संविधान दिवसको पूर्वसन्यामा चोकका मूख्य बजारहरुमा दिप प्रज्ज्वालन र दिपावली गरि संविधान मनाइएको छ भने आज बिहान भव्य प्रभातफेरीको आयोजना गरिएको छ ।

धादिङबेसी पुछारबजारबाट सुरु गरिएको प्रभातफेरी एक किलोमिटर लामो मानव सांलोको रुपमा देखिएको थियो । सिरानबजार पुगेर जिल्ला समन्वय समिति पुगेर सभामा परिण भएको प्रभातफेरीमा नेपालको विविधा झल्काउने झाँकीहरु प्रस्तुत गरिएको थियो ।सबैको हात हातमा राष्ट्रिय झण्डा बोकेका मानिसहरु लामवद्ध भएर र्यालीमा सहभागि थिए ।

संघीय सांसद खेम प्रसाद लोहनीले संसारकै उत्किृष्ठ संविधान भएकोले समयानुकुल परिवर्तन गर्दै अघि बढ्नुको विकल्प नभएको बताउनुभयो ।जिल्ला समन्वय समिकिा प्रमुख जगन्नाथ नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रमहरुमा संघीय साम्सद खेमप्रसाद लोहनी, प्रदेश सांसद डा. रामकुमार अधिकारी, प्रमुख जिल्ला अधिकारी आसमान तामाङ,लगायले संविधानको महत्वमाथी प्रकास पारेका थिए ।

सबै नेपालीले नेपाली झण्डाको प्रयोग गर्न पाइने भएपछि जिल्ला सदरमुकामका धेरै जसो घरमा झण्डा फराइएको छ भने मानिसहरुले हातहातमा झण्डा बोकेर हिडिरहेका छन् ।

संविधान दिवसको अवसरमा आयोजि नेपालको संविधान २०७२ को विषयमा आयोजि वक्तृत्वकलामा प्रथम, दितिय, तृतिय र सान्त्ना हुने सन्जना थापा, कविा नेपाली, दिपा ठकुरी र समिक्षा विकलाई क्रमश नगद नि हजार, दुईहजार, एक हजार र पाँच सय रुपैयाँ नगद पुरस्कारबाट पुस्कृ गरिएको छ ।

तस्वीर :