इन्डो नेपाल पिकलबल आजबाट


नेपाल समाचारपत्र, काठमाडौं।नेपालमा नौलो खेलको शुरूआतका रूपमा इन्डो–नेपाल पिकलबल च्याम्पियनसिप शुक्रबारबाट हुने भएको छ।

ग्यालेक्सी स्कुलमा दुई दिनसम्म संञलन हुने प्रतियोगितामा नेपालका २० र भारतका २० गरी ४० खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन्।

पुरुष र महिला गरी एकल तथा युगल एवं मिश्रित जोडी गरी पाँच विधामा प्रतिस्पर्धा गराइने नेपाल पिकलबल संघका अध्यक्ष उमेश आचार्यले जानकारी गराए।

नेपालमा पनि विकास र विस्तार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको एसियन पिकलबल संघका महासचिव अमितकुमार राणाले जानकारी गराए।

ब्याडमिन्टन, टेनिस र टेबलटेनिसको मिश्रित रूप रहेको यस खेल ब्याडमिन्टन कोर्टमा टेनिसको झैं नेट र टेबलटेनिसको जस्तै फाइबरको र्याकेटको प्रयोगले खेलका लागि निर्मित प्लास्टिकबलले टेनिस जस्तै गरी खेलिनेछ। टेबलटेनिसमा जस्तै ११ अंकका आधारमा खेलाइनेछ।