अग्नि इन्कर्पोरेटेडमा विश्वकर्मा पूजा

0
Shares

महिन्द्रा अटोमोबाइल्स तथा ट्याक्टरहरूको आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेटेडमा विश्वकर्मा पूजा गरिएको छ। कम्पनीले विश्वकर्मा पूजा, दशैं, तिहार तथा छठ जस्ता चाडपर्वको अवसरमा आफ्नो योजना महिन्द्रा उत्सवअन्तर्गत चाडपर्वको प्रसंग, महिन्द्रा ट्रयाक्टर किन्दा अब परिवार दंंग भन्ने नारा सहित योजनालाई अगाडि सारेको छ।

यस योजनामा ईभो, नोभो, र जिभोलगायत महिन्द्रा कम्पनीका कुनै पनि ट्रयाक्टर किन्दा ट्रयाक्टर धनीले डबल डोर फ्रिज तथा ट्रयाक्टर चालकले सामसङको एन्ड्रोइड स्मार्टफोन पक्का पुरस्कार स्वरूप प्राप्त गर्न सक्नुहुने छ भने बम्परमा पुरस्कारमा महिन्द्राको १२५ सिसिको गुस्टो स्कुटर पनि प्रदान गरिने छ। यसका अतिरिक्त ग्राहकले अन्य थुप्रै आकर्षक उपहारहरू पनि प्राप्त गर्न सक्नुहुने छ।