हवाहुरी पीडितमाथि गम्भीर खेलवाड, पहुँचवालाका घर बने, वास्तविक पीडितका घर अधुरै


मनोज रेग्मी, काठमाडौं ।
गत वर्षको चैत १५ गते बारा पर्सा लगायतका तराईका थुप्रै जिल्लामा हावाहुरीसहित भिषण वर्षा अयो । त्यसलाई पछि टोर्नेडोको नाम पनि दिईयो । विनासकारी हावाहुरीका कारण ३० जनाभन्दा बढिको निधन भयो, सयौं घरविहिन बने भने कतै भोकमरी पनि पैदा भयो ।

सरकारले त्यस्ता घरवारविहिन बनेका सबैका आवस निर्माण भर्खरै सम्पन्न गरी सरकारले हालसम्मकै उल्लेखीय कार्य गरेको भन्दै प्रसंसा गर्यो । तर, बारा पर्सा हावाहुरीका ७०० भन्दा बढि पिडितका घर निर्माण अधुरै रहेको पाइएको छ ।

यता सबै पीडितका घर निर्माण सम्पन्न गरेको भनी चर्को भाषण गरेको सरकारले बास्तविक पीडितको घर नबनाएको तर, सरकारी बजेटमा पार्टीका कार्यकर्ता र पहुँचवालाको मात्रै घर बनाएको भन्दै हावाहुरी सघर्ष समिति, बाराका अध्यक्ष अशोक कुमार यादवले गुनासो गरे । उनले भने, ‘बारामा हावाहुरीका वास्तवीक पीडितकघर अझै बनेको छैन् ।

५० जना सदस्यबाट बनेको हाम्रो समितिले बाराका तत्कालिन प्रमुख जिल्ला अधिकारी राजेशलाई सबै पीडितले घर पाउनुपर्छ भन्दा उल्टै हामीमाथि अप्रीय शब्द प्रयोग गर्दै धपाउन खोजियो ।’

‘अहिले निला छाना देखिने बारा र पर्सामा बनेका नयाँ घर साँचिकै राम्रा र बलिया घर त देखिन्छन् । तर, त्यस्ता आवासहरु गरिब र दुखिका भने होइनन् । तर, त्यस्ता घर त केवल धनीमानिका हुन् । राजनितिक पहुँचवालाका हुन्, उनले भने, ‘हामी अहिले मूख्यमन्त्रीको कार्यालय हुँदै गृह मन्त्रालयसम्म आइपुगेका छौँ । तर यसको चासो भने कसैले लिन खोजेको छैन् ।’

प्रदेश नम्बर दुईमा पर्ने बारा र पर्साका हावाहुरी पीडितका आवस निर्माणका लागि केन्द्र सरकारले जिम्मा लिएको थियो । नेपाली सेनको मद्दबाट सरकारले आवास निर्माण कार्यक्रमलाई तिब्र गतीमा सम्पन्न गरी घर हस्तान्तरण गरेको थियो ।
तर, ७०० भन्दा बास्तविक पिडितभने छुटेको हावाहुरी संघर्ष समिति, बाराले जनाएको छ ।