शव सनाखत


मेक्सिको सिटी, (एजेन्सी)। फोरेन्सिक विशेषज्ञ आइतबार मेक्सिकोको जालिस्को राज्यको एउटा इनारमा पुरिएका अवस्थामा भेटिएका ४४ वटा लासको सनाखत गर्न सफल भएका छन्।

गुआदालाजारा शहर बाहिरको सो इनारमा १ सय १९ वटा कालो लास्टिकका झोलामा ती शव लुकाइएको थियो। सेप्टेम्बरको शुरूमा स्थानीय बासिन्दाले दुर्गन्ध फैलिएको गुनासो गरेपछि अनुसन्धान गर्ने क्रममा ती शव फेला परेका हुन्।

जालिस्को अत्यनत हिंसात्मक लागूऔषध तस्कर समूहका कारण मेक्सिकोको निकै बदनाम राज्य हो। यस वर्ष यो दोस्रो पटक त्यहाँ सामूहिक शव फेला परेका हुन्।