भारतमा नेपाली युवकको मृत्यु



closeup of the feet of a dead body covered with a sheet, with a blank tag tied on the big toe of his left foot, in monochrome, with a vignette added

बैतडी, (नेस)। रोजगारीका लागि भारतमा रहेका एक नेपाली युवकको पानीको ट्यांकीमा खसेर मृत्यु भएको छ। मृत्यु हुनेमा बैतडीको पुर्चौडी नगरपालिका घर भई हाल कञ्चनपुरको झलारी पिपलाडी बस्दै आएका २४ वर्षीय भरत जोशी रहेका छन्।

शनिबार राति ड्युटी सकेर डेरातर्फ जानेक्रममा एक्कासि पानी ट्यांकीमा खसेर जोशीको मृत्यु भएको त्यहाँबाट सुदूरपश्चिमेली नेपाली समाज भारत कर्नाटक राज्यसमितिका संस्थागत अध्यक्ष लिलाधर कपाडीले जानकारी दिनुभयो।

मृतक जोशी १ महिनाअगाडि मात्रै रोजगारीका लागि भारत गएका थिए। युवकको शव परीक्षणपश्चात भारतमै दाहसंस्कार गरिसकिएको छ।

प्रतिक्रिया दिनुहोस्