ट्याक्सी चालक लुटिए


काठमाडौं, (नेस)। बूढानीलकण्ठ नगरपालिका–१३ गाम्चापुल नजिकबाट बा१ज ९०४१ नम्बरको ट्याक्सी चालक काठमाडौं महाँकाल बस्ने ओखलढुङगाका ३८ वर्षीय पूर्णबहादुर तामाङको नगद ५ हजार रुपियाँ र एक थान मोबाइल आइतबार बिहान लुटपाट भएको छ।

काठमाडौं सामाखुसीबाट तामाङको ट्याक्सीमा सवार अपरिचित ३ जनाले उनलाई गाम्चापुल नजिक पुर्याई कुटपिट गरी साथमा रहेको उक्त नगद र मोबाइल लुटपाट गरी ट्याक्सीसमेत लिई फरार भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको प्रहरीले सामाखुसीमा रोकी राखेको अवस्थामा ट्याक्सी फेला पारेको छ। लुटपाटमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।